२६ असार, मेलम्ची । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल क्रियाशील छानविन समितिको कार्यालयमा पुगेर क्रियाशील छानविन समितिले गरिरहेको कामका बारेमा जानकारी लिएका छन् । क्रियाशील सदस्यता छानविन समितिले काम गरिरहेको तिलगंगा स्थित नेपाल भारत मैत्री धर्मशाला पुगेर पौडेलले क्रियाशील छानविन समितिले गरिरहेको कामका बारेमा जानकारी लिएका हुन् ।
पौडेलले क्रियाशील सदस्यता छानविन समितिले गरेको काम प्रशंसनिय भएको भन्दै समयमा नै टुंगो लगाउन निर्देशन दिएका थिए ।
क्रियाशील छानविन समितिका प्रवक्ता प्रदीप पौडेलका अनुसार वरिष्ठ नेता पौडेलले तोकिएको समयमा पार्टीको १४ औं महाधिवेशन गराउन जिम्मा क्रियाशील सदस्यता छानविन समितिको काँधमा रहेको समेत बताएका थिए ।
काँग्रेस केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा गठीत क्रियाशील सदस्यता छानबिन समितिले बिबादित कृयाशील सदस्यताबारे छानबिन गरिरहे पनि अहिलेसम्म बिबादको टुंगो लागेको छैन । भदौ १६ गतेदेखी १९ गतेसम्म केन्द्रीय अधिवेशनको मिति टुंगो लागेपनि अहिलेसम्म सामान्य प्रकृया पनि टुंगो लागेको छैन ।





