राजनीति

१० बुंदे सहमतीमा बरिष्ठ नेता नेपाल असन्तुष्ट, काँग्रेसको समर्थन यथावत रहेको स्पष्ट

२७ असार, काठमाडौँ । नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले नेकपा एमालेको कार्यदलले गरेको १० बुंदे सहमतीमा असहमती प्रकट गरेका छन् ।
उनले बिज्ञप्ती प्रकाशित गर्दै भनेका छन्, ‘अदालतमा विचाराधिन मुद्दालाई प्रभावित पार्ने वा अदालतको मानहानी गर्ने गरी गरिएको वा गरिने व्याख्या मान्य नहुने कुरा स्पष्ट पार्दै सर्वोच्च अदालतमा विचाराधिन मुद्दामा निवेदक रहेका नेकपा ९एमाले०का २३ जना सांसदहरू सबै एकसाथ रहेको र आफ्नो मान्यता र हस्ताक्षर मा दृढ रहेको कुरा स्पष्ट पार्दछु । ’
पुर्व प्रधानमन्त्रीसमेत रहेका नेता नेपालले हिजो राती नेकपा ९एमाले०को आन्तरिक एकता सम्बन्धमा कार्यदल स्तरमा भएको सहमति र त्यसलाई व्याख्या गर्ने सन्दर्भमा प्रधानमन्त्री तथा पार्टी अध्यक्षका प्रेस सल्लाहकारको फेसबुक स्टाटस सहमति गर्दा भएको छलफलको मर्म विपरित भएको बताउँदै असहमती प्रकट गरेका हुन् ।

बरिष्ठ नेता नेपालको भनाई आफ्नै शब्दमाः हिजो राती नेकपा ९एमाले०को आन्तरिक एकता सम्बन्धमा कार्यदल स्तरमा भएको सहमति र त्यसलाई व्याख्या गर्ने सन्दर्भमा प्रधानमन्त्री तथा पार्टी अध्यक्षका प्रेस सल्लाहकारको फेसबुक स्टाटस सहमति गर्दा भएको छलफलको मर्म विपरित छ । यो व्याख्या गलत र अस्वीकार्य छ । अदालतमा विचाराधिन मुद्दालाई प्रभावित पार्ने वा अदालतको मानहानी गर्ने गरी गरिएको वा गरिने व्याख्या मान्य नहुने कुरा स्पष्ट पार्दै सर्वोच्च अदालतमा विचाराधिन मुद्दामा निवेदक रहेका नेकपा ९एमाले०का २३ जना सांसदहरू सबै एकसाथ रहेको र आफ्नो मान्यता र हस्ताक्षर मा दृढ रहेको कुरा स्पष्ट पार्दछु । २८ असार, २०७८