३० असार, काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी माहाधिवेशन, सरकार गठनलगायतका बिषयमा छलफल गर्न काँग्रेस पदाधिकारी बैठक बोलाएका छन् ।
बिहीबर २ बजे बस्ने भनिएको पदाधिकारी बैठक देउवा निवास बुढानिलकण्ठमा बस्ने बताईएको छ ।
पछिल्लो राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै देउवा निकट कतिपय नेताहरुले काँग्रेसको १४ औं महाधिवेशन सार्नुपर्ने बताईरहेका छन् भने सभापति देउवा महाधिवेशन समयमा नै गर्नुपर्ने कुरा कार्यकर्ताहरुलाई बताईरहेका छन् ।
सर्बोच्च अदालतको आदेशले काँग्रेसले सरकारको नेतृत्व गर्नुपरेपछि काँग्रेस महाधिवेशन सानुपर्ने माग जायज भएको कतिपय नेताहरुको तर्क छ भने महाधिवेशन समयमा नगरे पार्टी खारेज हुनसक्ने भन्दै समयमा नै जसरी पनि गर्नुपर्ने माग अधिकाँस नेताहरुको छ ।
बिबिध बिषयमा छलफल गर्न सभापति देउवाले काँग्रेस पदाधिकारी बैठक डाकेका छन् । सभापति देउवाले गृहमन्त्रीमा बालकृष्ण खाँण र कानून, न्याय तथा संसदीय ब्यवस्था मन्त्रीम बालकृष्ण खाँणलाई नियुक्त गरिसकेका छन् भने काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्ण सिटौला, डा शसाँक कोईराला समूहबाट पनि नियुक्त गर्नुपर्ने मन्त्रीहरुको नाम माग्ने बताईएको छ ।
देशभर काँग्रेसको १४ औं महाधिवेशनका लागि नेता कार्यकर्ताहरु सकृय भईरहेका बेला काँग्रेसले सरकारको नेतृत्व गर्दा पार्टीभित्र अर्कै मोड आएको देखिएको छ । नमिलेको कृयाशील बिबादलगायत मिलाएर महाधिवेशनबारे महत्वपूर्ण निर्णय हुने संकेत देदिखएको छ ।





