राजनीति

देशले धान्ने नसक्ने र अनावश्यक संघिय संरचनावारे पुनर्विचार गरौँः अध्यक्ष थापा

१ साउन, काठमाडौं । प्रपाका अध्यक्ष कमल थापाले लुम्बिनी, कर्णाली र गण्डकी प्रदेशमा विकसित पछिल्ला राजनीतिक घटनाक्रमले संघियताको औचित्य माथि फेरि एकपटक प्रश्नचिन्ह खडा भएके बताएका छन् । उनले ट्वीट गर्दै प्रदेशसभा जिवित नै रहेको अवस्थामा अध्यादेशबाट बजेट ल्याउनु गलत, अमर्यादित र असंवैधानिक छ। देशले धान्ने नसक्ने र अनावश्यक संघिय संरचनावारे पुनर्विचार गरौँ भनेका छन् ।
राजसंस्था र हिन्दू राज्यको माग गर्दै आएका राप्रपाका अध्यक्ष कमल थापाले राजसंस्था र हिन्दू राज्यको बिषयमा पुनःबिचार गर्न बिभिन्न समयमा माग गर्दै आएका भएपनि पछिल्लो समयमा पुर्व उपप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष थापाले गणतन्त्र र संघीयताको बारेमा पनि पुनःबिचार गर्न माग गरिरहेको अवस्था छ ।
मुलुकमा सातवटा प्रदेश र स्थानीय तह कार्यान्वयन हुने चरणमा रहेका बेला राप्रपाले आफ्नो पुरानो एजेण्डा छाडेको छैन ।
उनको ट्वीटः लुम्बिनी, कर्णाली र गण्डकी प्रदेशमा विकसित पछिल्ला राजनीतिक घटनाक्रमले संघियताको औचित्य माथि फेरि एकपटक प्रश्नचिन्ह खडा गरेको छ।
प्रदेशसभा जिवित नै रहेको अवस्थामा अध्यादेशबाट बजेट ल्याउनु गलत,अमर्यादित र असंवैधानिक छ। देशले धान्ने नसक्ने र अनावश्यक संघिय संरचनावारे पुनर्विचार गरौँ