१ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब आफ्नो पार्टी रचनात्मक प्रतिपक्षको भूमिकामा रहने बताएका छन् । उनले आज बसेको नेकपा एमालेको स्थायी समिति बैठकलाई सम्बोधन गर्दै आफुलाई जनताको समर्थन हुँदा हुँदै न्यायालयले हटाएको दाबी गर्दै अब जनतामा जाने बताएका छन् ।
स्थायी समिति बैठकलाई सम्बोधन गर्दै निबर्तमान प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले १० बुँदे माधव नेपालसंगको एकताको बिषयमा पनि छलफल हुने बताएको दाबी गरिएको छ । हिजै स्थायी समिति बैठक बोलाईएको भएपनि माधव नेपाल र झलनाथ खनाल पक्ष भने आजको ओली पक्षीय एमालेको स्थायी समिति बैठकमा उपस्थित छैन ।





