राजनीति

महामन्त्री डा शसाँक/डा शेखर/सुजाताबीच लञ्च मिटिगं, महाधिवेशनलगायतका बिषयमा महत्वपूर्ण छलफल

२ असार, काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री डा शसाँक कोईराला, केन्द्रीय सदस्य डा शेखर कोईराला र केन्द्रीय सदस्य सूजाता कोईरालाबीच लन्च मिटिगं भएको छ । भदौ १६ गतेदेखी सम्पन्न हुन गईरहेको काँग्रेसको १४ औं महाधिवेशनमा नेताहरुबीच भेटघाट भईरहने निरन्तरताअनुसार नेतात्रयबीच भेट भएको देखिन्छ ।
नेपाली काँग्रेसको आउँदो महाधिवेशनमा सकृय भएर सभापतिको उम्मेद्वारीको तीब्र तयारीधिवेशमा लागेका महामन्त्री डा शसाँक कोईराला र डा शेखर कोईराला अनि सहमतीमा उम्मेद्वार हुन नसकेमा आफुपनि पार्टी सभापतिमा उम्मेद्वारी नछाड्ने अडान लिईरहेकी सूजाता कोईरालाबीचको डा शसाँक निवासको लञ्ज मिटिगंलाई राजनीतिकबृतमा महत्वपूर्ण तवरले हेर्ने गरिएको छ ।
शुसील कोईरालाको निधनपछि नेतृत्व कोईरालापरिवारबाट बाहिरिएको भन्दै चिन्तित भएका कोईराला परिवारका समर्थकहरुले कोईरालात्रय मिलेर एकजनामात्र सभापतिका उम्मेद्वार हुनुपर्ने माग गरिरहेका बेला नेतात्रयको भेट अर्थपूर्ण रहेको छ ।
सभापतिमा एक दर्जनभन्दा बढी नेताहरुले सभापतिमा दाबी गरेका भएपनि नेतात्रय पनि काँग्रेसमा शसक्त भूमिका भएका नेताहरु हुन् । आजको बैठकमा काँग्रेसबाट प्रधानमन्त्री बनेका शेरबहादुर देउवालाईबिश्वासको मत दिलाउन लागि पर्ने तथा महाधिवेशन र समसामायीक राजनीतिक गतिबिधिका बिषयमा छलफल भएको डा शेखरका स्वकीय सचिव दिनेशचन्द्र थपलीयाले बताए ।