राजनीति

नेतृत्वले काँग्रेसलाई निर्बाचन आयोगसँग भिख माग्ने अवस्थामा पुर्याउनु देशकै विडम्वनाः बरिष्ठ नेता पौडेल

२५ साउन, काठमाडौं । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वको यहाँ भन्दा चरम असफलता र लापर्वाही अरु के हुन्छ ? भनेर कडा प्रश्न गरेका छन् ।
बरिष्ठ नेता पौडेलले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै आज आएर त्यस भित्र पनि महाधिवेशन नगरेर नेपाली कांग्रेसलाई निर्वाचन आयोगसंग भिख माग्ने निरीह अवस्थामा पुर्याइएको छ भन्दै कडा प्रश्न गरेका हुन् ।
उनले भनेका छन्, ‘पार्टी विधानले चार वर्षको कार्यकाल तोकिएको छ । असाधारण परिस्थिति भनेर एक वर्ष थपियो । देशको संविधानलाई समातेर छ महिना बढाइयो ।’
नेता पौडेलले सभापति देउवालाई टिप्पणी गरेका छन्, ‘यो देशकै विडम्वना हो । सर्वत्र असफल व्यक्तिहरु वारंवार सत्ता समाल्न पुग्छन् ।’
भदौ १६ गतेदेखी सम्मपन्न हुने भनिएको नेपाली काँग्रेसको १४ औं महाधिवेशन सर्ने लगभग निश्चित भएपछि काँग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल प्रधानमन्त्रीसमेृत रहेका काँग्रेस सभापति शेरबहादुर देउवासँग आक्रोशित भएका छन् ।

उनको स्टाटस्ः पार्टी विधानले चार वर्षको कार्यकाल तोकिएको छ । असाधारण परिस्थिति भनेर एक वर्ष थपियो । देशको संविधानलाई समातेर छ महिना बढाइयो ।
आज आएर त्यस भित्र पनि महाधिवेशन नगरेर नेपाली कांग्रेसलाई निर्वाचन आयोग संग भिख माग्ने निरीह अवस्थामा पुर्याइएको छ ।
यहाँ भन्दा वर्तमान नेतृत्वको चरम असफलता र लापर्वाही अरु के हुन्छ ?
यो देशकै विडम्वना हो । सर्वत्र असफल व्यक्तिहरु वारंवार सत्ता समाल्न पुग्छन् ।