राजनीति

भ्रष्ट नेतालाई पाता कसेर लडाएको हेर्ने लाखौं नेपालीको रहर अनुसार छानबिन गर्न नेता गुरुङको देउवासँग माग

२७ साउन, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले भ्रष्ट नेताहरुलाई पाता कसेर लडाएको हेर्ने रहर सायद लाखौं नेपालीलाई भएको ठोकुवा गरेका छन् ।
नेता गुरुङले सामाजिक सञ्जालमा ट्वीट गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई भनेकमा छन्, ‘भ्रष्टाचारका ठुल्ठुला काण्डहरुको छानवीनको सुरुवात तुरुन्त गरेर निवर्तमान प्र.म.ओलीको प्रश्नको जवाफ कर्मले दिनुस्
@PM_Nepal_ज्यु।’ भनेका छन् ।

उनको ट्वीटः भ्रष्टाचारका ठुल्ठुला काण्डहरुको छानवीनको सुरुवात तुरुन्त गरेर निवर्तमान प्र।म।ओलीको प्रश्नको जवाफ कर्मले दिनुस्
@PM_Nepal_ ज्यु।
भ्रष्ट नेताहरुलाई पाता कसेर लडाएको हेर्ने रहर सायद लाखौं नेपालीलाई छ।