राजनीति

ओलीले संसदमा जसरी बोल्नुभयो, साढे ३ बर्ष काम गरिदिएको भए, स्थिति अर्कै हुन्थ्योः प्रवक्ता शर्मा

२७ साउन, काठमाडौं । नेपाली काँग्रेसका प्रवक्ता बिश्वप्रकाश शर्माले संसदमा जसरी बोल्नुभयो, साढे ३ बर्ष त्यसरी काम गरिदिएको भए, स्थिति अर्कै हुन्थ्यो भनेका छन् ।
उनले ट्वीट गर्दै स्थिति अर्कै हुन्थ्यो ‘अब १५ महिनामा सबै काम चाहियो, प्रश्नको भारि महिना दिनमै भन्दै ओलीसँग आश्चार्यसहितको प्रश्न गरेका छन् ।
नेता शर्माले तर प्रतिपक्षी आवाज सम्मान गर्दै, कर्मले जवाफ दिने कर्तव्य निर्वाह गर्नुछ ‘बोल्ने विभाग कमरेड ओलिकै जिम्मा थियो, छंदैछ’ भनेका छन् ।
शर्माको ट्वीटः @kpsharmaoli ‘संसदमा जसरी बोल्नुभयो, साढे ३ बर्ष त्यसरी काम गरिदिएको भए, स्थिति अर्कै हुन्थ्यो ‘अब १५ महिनामा सबै काम चाहियो, प्रश्नको भारि महिना दिनमै !!’

तर प्रतिपक्षी आवाज सम्मान गर्दै, कर्मले जवाफ दिने कर्तव्य निर्वाह गर्नुछ ‘बोल्ने विभाग कमरेड ओलिकै जिम्मा थियो, छंदैछ’