राजनीति

ओली प्रबृति सच्चिन्छ भन्नु /अन्तिम चरणमा पुगेको क्यान्सरको रोगी बॅाच्छ भन्नु उस्तै भ्रम होः डा भट्टराई

२७ साउन, काठमाडौँ । संघीय समाजबादी पार्टीका अध्यक्ष तथा फुर्व प्रधानमन्त्री डान बाबुराम भट्टराईले ओलीप्रवृ्ति यौटा पार्टीको आन्तरिक मुद्दामात्र नभएर सम्पूर्ण देश र लोकतन्त्रनिम्ति खतरा र साझा मुद्दा भएको बताएका छन् ।
डा भट्टराईले ट्वीट गदै ओली प्रबृति सच्चिन्छ/सुध्रिन्छ भन्नु र अन्तिम चरणमा पुगेको क्यान्सरको रोगी बॅाच्छ भन्नु उस्तै भ्रम भएको उनको ट्प्पणी छ ।
अध्यक्ष डा भट्टराईले सबैको चेत खुलोस पनि भनेका छन् ।

उनको ट्वीटः ओलीप्रवृ्ति यौटा पार्टीको आन्तरिक मुद्दामात्र नभएर सम्पूर्ण देश र लोकतन्त्रनिम्ति खतरा र साझा मुद्दा हो। यो समकालीन नेपाली राजनीतिको सबै नकारात्मक पक्षहरूको केन्द्रीकरण हो। यो सच्चिन्छ/सुध्रिन्छ भन्नु र अन्तिम चरणमा पुगेको क्यान्सरको रोगी बॅाच्छ भन्नु उस्तै भ्रम हो। सबैको चेत खुलोस !