राजनीति

काँग्रेस नेता डा कोईरालाको टिप्पणीः अध्यादेश ल्याउनु कांग्रेसको संस्कार होइन

१ भदौ, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य सदस्य डा शेखर कोईरालाले सरकार सञ्चालनको सुबिधाको लागि राजनीतिक दल सम्बन्धि अध्यादेश ल्याईएको हुनसक्छ तर अध्यादेशवाट राजकाज चलाउने सोचको समर्थन गर्न सकिन्न भनेका छन् ।
उनले ट्वीट गर्दै सरकारले संसदबाट परिमार्जन र सुधार सहित बजेट पास गर्ने तर्फ सकृयता देखाउनु पर्थ्यो, यो चुक प्रधानमन्त्रीबाट भयो, यो कांग्रेसको संस्कार होइन भनेका छन् ।
उनको ट्वीटः सरकार सञ्चालनको सुबिधाको लागि राजनीतिक दल सम्बन्धि अध्यादेश ल्याईएको हुनसक्छ तर अध्यादेशवाट राजकाज चलाउने सोचको समर्थन गर्न सकिन्न।
सरकारले संसदबाट परिमार्जन र सुधार सहित बजेट पास गर्ने तर्फ सकृयता देखाउनु पर्थ्यो। यो चुक प्रधानमन्त्रीबाट भयो। यो कांग्रेसको संस्कार होइन।