राजनीति

रविन्द्रको टिप्पणीः ओली-अध्यादेशको घोर विरोध गर्ने धेरै कांग्रेसीहरू अहिले मौन देख्छु

१ भदौ, काठमाडौं । विवेकशील साझाका अध्यक्ष रविन्द्र मिश्रले ओली-अध्यादेशको घोर विरोध गर्ने धेरै कांग्रेसीहरू अहिले मौन देख्छु भनेका छन् । उनले ट्वीट गर्दै सर्वोच्चको आदेश प्रतिकूल देखिने अध्यादेश, सर्वोच्चले नै वदर गरिदिन सक्छ तर अध्यादेशबारे विचाराधिन मुद्दा नै टुङ्गो नलागेको अवस्थामा अहिलेको अध्यादेश विरूद्ध पर्ने मुद्दाको सुनुवाई कहिले हुने ? भनेर प्रश्न गर्दै उक्त कुरा बताएका हुन् । आज सरकारले ल्याएका अध्यादेशको बिषयमा उनको ट्वीट आएको हो ।

उनको ट्वीटः कोही सुध्रिनेवाला छैन। सर्वोच्चको आदेश प्रतिकूल देखिने अध्यादेश, सर्वोच्चले नै वदर गरिदिन सक्छ।तर अध्यादेशबारे विचाराधिन मुद्दा नै टुङ्गो नलागेको अवस्थामा अहिलेको अध्यादेश विरूद्ध पर्ने मुद्दाको सुनुवाई कहिले हुने ? ओली-अध्यादेशको घोर विरोध गर्ने धेरै कांग्रेसीहरू अहिले मौन देख्छु।