राजनीति

कार्यदलले तयार गरेको १० वुँदे सहमतीको वाटोवाट अघि वढ्न पार्टी प्रतिवद्धः शंकर पोख्रेल

३ भदौ, काठमाडौं । नेकपा एमालेका नेता एबम् निबर्तमन मुख्यमन्त्री शंकर पोख्रेलले झण्डै तीन कार्यकाल पार्टीको नेतृत्व गर्नुभएका माधव कमरेडले सहमतीको वाटो छोडेर नयाँ पार्टी खोल्नु दुःखद पक्ष भएको बताएका छन् ।
नेता पोख्रेलले कार्यदलले तयार गरेको १० वुँदे सहमतीको वाटोवाट अघि वढ्न पार्टी प्रतिवद्ध रहेको जनाउँदै पार्टीलाई कमजोर पार्ने षडयन्त्रका विरुद्ध विचलित नभइ अघि वढ्नु सिंगो पार्टी पंक्तिको कर्तव्य भएको उनको दाबी छ ।
माधव कुमार नेपालले पार्टी फुटाएर नेकपा एमाले समाजबादी निर्माण गरिसकेपछि उनले प्रतिकृया दिँदै फेसबुकमार्फत भने, विचार र सिद्धान्तले लैस पार्टीलाई संगठनात्मक रुपमा सुदृढ बनाउ, सबै प्रकारका षडयन्त्रलाई सामना गरेर पार्टीलाई मुलुककै नेतृत्वकारी शक्तिका रुपमा स्थापित बनाउ ।

नेता पोख्रेलको स्टाटस्ः झण्डै तीन कार्यकाल पार्टीको नेतृत्व गर्नुभएका माधव कमरेडले सहमतीको वाटो छोडेर नयाँ पार्टी खोल्नु दुःखद पक्ष हो । कार्यदलले तयार गरेको १० वुँदे सहमतीको वाटोवाट अघि वढ्न पार्टी प्रतिवद्ध छ । पार्टीलाई कमजोर पार्ने षडयन्त्रका विरुद्ध विचलित नभइ अघि वढ्नु सिंगो पार्टी पंक्तिको कर्तव्य हो । विचार र सिद्धान्तले लैस पार्टीलाई संगठनात्मक रुपमा सुदृढ बनाउ, सबै प्रकारका षडयन्त्रलाई सामना गरेर पार्टीलाई मुलुककै नेतृत्वकारी शक्तिका रुपमा स्थापित बनाउ ।