राजनीति

सरकारले बेरुजु फर्छ्यौट र अनियमितालाई कारवाही गर्ने तर्फ पाइला चाल्नु जरुरीः डा कोईराला

६ भदौ, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् प्रभावशाली नेता डा शेखर कोईरालाले वर्तमान सरकारले बेरुजु फर्छ्यौट र अनियमितालाई कारवाही गर्ने तर्फ पाइला चाल्नु जरुरी भएको बताएका छन् ।
डा कोईरालाले महालेखा परीक्षकको प्रतिवेदन सार्वजनिक भएको भन्दै वेरुजु र अनियमितताको अंक बढ्दो भएकोमा चिन्दा ब्यक्त गरेका छन् ।
प्रभावशाली नेता डा कोईरालाले सरकारको इच्छाशक्ति भए यी दुवै काम गर्न सकिने बिस्वास ब्यक्त गरेका छन् ।
डा कोईरालाले ट्वीटः महालेखा परीक्षकको प्रतिवेदन सार्वजनिक भएको छ । वेरुजु र अनियमितताको अंक बढ्दो छ । वर्तमान सरकारले बेरुजु फर्छ्यौट र अनियमितालाई कारवाही गर्ने तर्फ पाइला चाल्नु जरुरी छ । सरकारको इच्छाशक्ति भए यी दुवै काम गर्न सकिन्छ ।