७ भदौ, काठमाडौैं । पटक पटक क्रियाशील सदस्यता बिबादका कारण सरेको काँग्रेस महाधिवेशन आव भने तोकिएको मितिमा नै सम्पन्न हुने भएको छ ।
भदौ १८ गतेदेखी हुने भनिएको अधिवेशन शुरुमा वडा अधिवेशनबाट शुरु भई मंसिर ९ गतेदेखी १३ गतेसम्म केन्द्रीय अधिवेशन भई सम्पन्न हुने छ ।
नेताहरु कृष्ण प्रसानद सिटौला, रमेश लेखक र डा मिनेन्द्र रिजालको समितिले सबै पक्षसँग छलफल गरी भएका क्रियाशहीका बिबादहरु मिलाएर महाधिवेशन हुने वातावरण श्रृजना गरेका छन् ।
भदौ २ गते कृयाशील सदस्यता बिबाद टुंगो लगाएर निर्धारित मितिमा नै १४ औवेशन सम्पन्न गर्ने भनिएपनि २ गते बिबाद मिल्न सकेको थिएन आज भने उक्त प्रतिबेदन सभापति शेरबहादुर देउवालाई बुझाएका छन् ।
नेपाली काँग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले उक्त क्रियाशील बिबाद टुंगिएर १४ औं अधिवेशन निर्धारित अबयधिमै सम्पन्न हुनसक्ने अवस्था श्रृजना भएको बताएका छन् ।आज साँसझ नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलको उपस्थितिमा कृष्ण प्रसाद सिटौलाले प्रतिबेदन नेपाली काँग्रेसका सभानपति एबम् प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएपछि महाधिवेशन हुने निश्चित भएको हो ।





