समाचार

प्रधानमन्त्री बालेन र एडीबीका अध्यक्ष कान्डाबीच भेटवार्ता, के भयो कुराकानी ?

२३ असार, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र एसियाली विकास बैंक (एडीबी)का अध्यक्ष मासातो कान्डाबीच शिष्टाचार भेटवार्ता भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको उक्त भेटघाटमा नेपालको दिगो विकास, पूर्वाधार निर्माण तथा आर्थिक रूपान्तरणका बहुआयामिक विषयहरूमा केन्द्रित भई छलफल भएको बताइएको छ ।

शाहले प्रधानमन्त्री भएपछि पहिलोपटक विदेशी पाहुनासँग औपचारिक भेट गरेका हुन् । संसारकै ठूलो बहुपक्षीय बैंक एसियाली विकास बैंकका अध्यक्षलाई सरकार प्रमुख सरहको मर्यादा दिने गरिएको छ ।