१० भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापति शेरबहादुर देउवाकै कारण पार्टीको क्रियाशील सदस्यता वितरण विधिविधान अनुरुप वितरण हुन नसकेको आरोप लगाएका छन् । प्रथम महिला नेतृ मंगलादेवी सिंहको २५ औं स्मृति दिवसको उपलक्ष्यमा नेपाल महिला संघ काठमाडौं जिल्ला ले शोभाभगवतिमा आज आयोजन गरेको मल्यार्पण कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले पार्टीको क्रियाशील सदस्यता वितरण विधिविधान अनुरुप वितरण नभएकाले समस्या देखिएको बताएका छन् । यसको कारण पार्टी सभापति नै बताए । क्रियाशिल विवादलाई पार्टी सभापतिले जतिसक्दो छिटो प्रक्रिया अनुसार टुङ्ग्याउनुपर्ने उनको भनाई छ ।
‘क्रियाशिल सदस्यता वितरणमा व्यापक धादली भएको छ । फाईनल लिस्टलाई तत्काल सार्वजनिक गर्नु पर्दछ ।’ उनले भने ‘विधि प्रत्रिया अनुसार महाधिबेशन गर्नु पर्ने मा उहाँको जोड रहेकोछ । पारदर्शि तरिकाले पाटीलाई अगाडी बढाउनु पर्दछ ।’
साथै उनले कांग्रेस तानाशाहलाई ढालेर आएको पार्टी भएको स्मरण गराउँदै पार्टीभित्र कोही तानाशाह बन्न खोजे विधि विधानअनुरुप तह लगाउनेसमेत चेतावनी दिए ।
क्रियाशील सदस्यता सूची सार्वजनिक गर्नुपर्ने भन्दै बुधवारबाट जिल्ला सभापतिहरुलेसमेत अनशन थाल्दा पनि पार्टी नेतृत्वले ध्यान दिन नसकेको उनले बताए । कार्यक्रम मा नेपाली कांग्रेस काठमाडौ जिल्ला सभापति सबुझ बानियां पुर्ब मन्त्री राजेन्द्र कुमार केसि लगायत नेता कार्यकर्ता को सभागिता रहेको थियो ।





