राजनीति

काँग्रेस नेता कार्कीको निर्देशनः १४ औं महाधिवेशन तोकिएकै मितिमा हुन्छ, तयारीमा लाग्नुस्

१२ भदौ, इनरुवा । सरकारका प्रवक्ता तथा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान सरकारको पहिलो प्राथमिकता सबै नागरिकलाई खोप पु¥याउनु भएको बताएका छन् । सुनसरी सदरमुकाम इनरुवा–९ मा बबियामा आज नेपाली कांग्रेस वडा कमिटीले आयोजना गरेको कार्यक्रममा मन्त्री कार्कीले कोरोना महामारीका कारण सबै क्षेत्र प्रभावित भएको उल्लेख गर्दै चैतसम्ममा सबै नागरिकलाई खोप प्रदान गर्ने विश्वास दिलाए ।
नेपाली कांग्रेसको नेतृत्वमा निर्माण भएको गठबन्धनको सरकारमाथि जनताको ठूलो अपेक्षा र भरोसा भएको उनको भनाइ छ । जनताको जीउधनको, संविधान, लोकतन्त्र रक्षा गर्नाका साथै शान्ति अमनचयन कायम गर्नु अहिलेको सरकारको प्रमुख दायित्व भएको मन्त्री कार्कीले बताए ।
कार्यक्रममा समाजसेवी मौलान हारुन खाँसहित व्यक्तिले विभिन्न पार्टी परित्याग गरेर कांग्रेसमा प्रवेश गरेका थिए । नवप्रवेशीलाई पार्टीका केन्द्रीय सदस्य तथा मन्त्री कार्की, पार्टीका जिल्ला सभापति तथा १ नं प्रदेशका प्रमुख प्रतिपक्षीदलका नेता राजीव कोइराला, सङ्घीय सांसद सीताराम मेहता, इनरुवा नगरपालिकाका प्रमुख राजन मेहता, सुनसरी क्षेत्र नम्बर ४ का काँग्रेस सभापति एबम् कोशी गाउँपालिकाका अध्यक्ष अयुव अंसारी, हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारी, भासीका मेयर जयप्रसाद चौधरी, नेपाली काँग्रेस सुनसरी काठमाडौं सम्पर्क समिति सभापति बाबुराम आचार्यलगायत नेता तथा कार्यकर्ताले पार्टीमा स्वागत गरेका थिए ।
सुनसरी क्षेत्र नम्बर ४ का प्रत्यक्ष निर्बाचित साँसदसमेत रहेका सरकारका प्रवक्ता कार्कीले आफ्नो क्षेत्रमा बन्न लागेको झण्डै २० किलोमिटर सडक, आधादर्जनजति पुलहरु, ४ करोडमा बन्न लागेको भानु माबि(चक्रघट्टी)को भबन उद्घाटन गरेका थिए भने एम्बुलेन्स हस्तान्तरण र कार्यकर्ताको गुनासो सुनुवाईको कार्यक्रममा पनि सहभागी भएका थिए ।
बिहान सुनसरी जिल्लाका बिभिन्न कार्यक्रममा बिराटनगरस्थीत बिमानस्थलमार्फत भागलिन जिल्ल आएका सरकारका प्रवक्तासमेत रहेका कानुन मन्त्री कार्की आजै बेलुकाको बिमानबाट काठमाडौं फर्किएका छन् । मन्त्री कार्कीले काँग्रेस महाधिवेशन तोकिएकै मितिमा हुने दाबी गर्दै त्यसका लागि दत्तचित्त भएर लाग्न नेता कार्यकर्तालाई निर्देशनसमेत बिमानस्थलमा पत्रकारहरुसँगको कुराकानीमा दिएका थिए ।