राजनीति

आमाभन्दा ठूलो कोही हुन्न, राष्ट्रप्रति भण्डारीबाट टीका लगाउँदा आमाको अपमान भयोः नेता गुरुङ

२९ असोज, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले राष्ट्रपति बिद्यादेवी भण्डारीले आफ्नाी आमालाई उभ्याएर टीका लगाउन लगाएकोमा बिरोध जनाएका छन् ।
उनले सामाजिक सञ्जालमा लेख्दै आमा भन्दा ठूलो कुनैपनि पद नहुनेृ दाबी गर्दै उक्त राष्ट्रपति बिद्यादेवी भण्डारीलाई आमा मिथिला पाण्डेले उभिएर लगाएको टीकाको बिरोध जनाएका हुन् ।
उनले सामाजिक सञ्जालमा भनेका छन्, ’जन्म दिने आमा भगवान हुन्।
आमा हुनेहरुले आमालाई यसरी उभ्याएर टिका लगाउनु १०० प्रतिशत गलत हो।‘
नेता गुरुङले थपेका छन्, ’आमा भन्दा माथि ‘पद’ कहिल्यै हुँदैन।
कसैले यस्तो कहिल्यै नगोरोस्।’

उनको ट्वीटः
जन्म दिने आमा भगवान हुन्।
आमा हुनेहरुले आमालाई यसरी उभ्याएर टिका लगाउनु १००५ गलत हो।
आमा भन्दा माथि ‘पद’ कहिल्यै हुँदैन।
कसैले यस्तो कहिल्यै नगोरोस्।