राजनीति

अदालतमा भईरहेको गुटबन्दीमा हामी फस्दैनौंः ओली

९ कार्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अदालतमा भईरहेको गुटबन्दीमा आफुनो पार्टी नफस्ने बताएका छन् । ओलीले सर्वाेच्चको नाममा राजनीति भइरहेको भन्दै प्रधानन्यायाधीशको विषयमा अहिले देखिएको विवादमा आँफुहरुले कसैको पक्ष नलिने भन्दै यस्तो बताएका हुनु ।

सत्ता पक्षसँगको साँठगाँठका कारण विवादमा आएका प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको नागरिक समाज र कानुन व्यावसायीले राजीनामा माग गरिरहँदा उता सत्ता पक्षका नेताहरु भने मौन बसेका छन् ।

प्रेस चौतारि मोरङले आज विराटनगरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले यो विवादमा कसैको पक्ष नलिने भन्दै प्रधानन्यायधिशको राजिनामा नमाग्ने र महाअभियोगको माग पनि नगर्ने संकेत दिएका छन् ।

साथै प्रधानन्यायधीशलाई महाअभियोग लगाउने कुनै कुरा छ कि ? भन्ने पत्रकारको प्रश्नमा ओलीले अदालत भित्र भइरहेको दाउपेच र गुटबन्दीमा नेकपा एमाले नपस्ने बताएका हुन् ।