राजनीति

देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिने पाँचै न्यायाधीशले राजीनामा दिनुपर्छः ओली

९ कार्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिने पाँचै न्यायाधीशले राजीनामा दिनुपर्ने बताएका छन् ।

आज सर्वोच्च अदालतका १५ जना न्यायाधीशहरूसँगको छलफलमा कुनैपनि हालतमा राजीनामा नदिने प्रधानन्यायाधीश चोलेन्द्रसम्मशेर जबराको धारणा सार्वजनीक भएको केही समयमै ओलीको यस्तो भनाई आएको हो ।

एमालेको स्थानीय तह अधिवेशनको उद्घाटन गर्दै ओलीले संसद पुर्नस्थापना र देउवालाई प्रधानमन्त्री बनाउन पाँचै जनाले परमादेश दिएको भन्दै एक जनाले मात्रै किन राजीनामा दिने भन्दै प्रश्न गरेका छन् ।

संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित न्यायाधीशहरू दीपककुमार कार्की, मीरा ढुंगाना, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई थिए । साथै ओलीले पछिल्लो समय न्यायाधीशहरुले अदालतको मानमर्दन गर्ने गरेको समेत टिप्पणी गरेका छन् ।