प्रवास

लेवनानमा तैनाथ नेपाली शान्ति सेनाले विभिन्न कार्यक्रम गरि मनायो ७६ औं संयुक्त राष्ट्रसंघ दिवस

९ कार्तिक, काठमाडौं । लेबनानमा तैनाथ बर्दबहादुर गण ६२ औँ डफ्फाले आफ्नो जिम्मेवारी क्षेत्रमा विभिन्न जनहित कार्यहरु संचालन गरी ७६ औं संयुक्त राष्ट्रसंघ दिवस मनाएको छ । दक्षिण लेवनानका जनताहरुलाई स्वास्थ्य, शिक्षा, वातावरण र आर्थिक क्षेत्रमा सहयोग पु¥याउने हेतुले विभिन्न कार्यहरु संचालन गरिएको नेपाली सेनाले जनाएको हो ।

सो अवसरमा उक्त मिशनमा सम्मिलित मेडिकल टोलीले स्थानीय हउला र माज्दल स्लिम नगरपालिकामा रहेका सरकारी विद्यालयहरुमा दन्त स्वास्थ्य र मुखको हेरचाह सम्बन्धी सचेतना कक्षा संचालन गरी दाँतको सफाई गर्ने प्रयोगात्मक विधिद्वारा प्रदर्शनी गरेको थियो । सोही क्रममा उक्त विद्यालयमा अध्ययनरत करीब २०० जना विद्यार्थीहरुलाई नेपाली शान्ति सैनिक युनिटकोतर्फबाट स्टेशनरी सामानहरु र डेण्टल हाईजिन किट समेत वितरण गरेको थियो ।

त्यस्तै “हरियाली लेवनान” अभियान अन्तर्गत स्थानीय तलुसा नगरपालिकामा जैतुन र सल्लाका बिरुवाहरु वृक्षारोपण गरी ग्ल्क्ष्ँक्ष्ी मिशनको “द्यगिभ तय न्चभभल” अभियानलाई मूर्तरुप दिनुका साथै साक्रा र माज्दल स्लिम नगरपालिकाहरुमा वृहत वृक्षारोपण गरी साक्रा नगरपालिका प्रमुखको अनुरोधमा स्थानीय हाटबजार लाग्ने करिब ४०० मिटर लामो सडकखण्डमा रङ्गरोगन गरी छुट्टाछुट्टै करिडोर समेत स्थापना गरेको थियो ।

नेपाली शान्ति सैनिकहरुले द्वन्दग्रस्त मुलुकहरुको अति संवेदनशील ईलाकामा तैनाथ रही आफ्नो अपरेशनल जिम्मेवारीको अलवा स्थानीय समुदायलाई लक्षित गरी संचालन गरेका विभिन्न मानवीय सहयोगका कार्यहरुले स्थानीय निकाय तथा समुदाय र शान्ति सैनिकहरुबीच विश्वासको वातावरण श्रृजना भई आपसी सम्बन्ध थप प्रगाढ हुने सेनाल विश्वास लिएको छ ।