काठमाडौं ९, कार्तिक । नेकपा एमालेका सचिव तथा पुर्वमन्त्री प्रदिप ज्ञवालीले एमाले सरकारलाई परमादेशबाट हटाउने न्यायालय आज आँफै बिटुलो भएको टिप्पणी गरेका छन् । आज गुल्मीस्थित नेकपा एमाले रेसुंगा नगर कमिटिको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै ज्ञवालीले यस्तो टिप्पणी गरेका हुन् ।
यतिबेला सरकार मात्रै नभई न्यायालय पनि उदांगो बनेको भन्दै ज्ञवालीले आसेपासेसँगै न्यायाधीशको कोटामा पनि मन्त्री बनेपछि कार्यपालिका र न्यायालयको अपवित्र सम्बन्ध पनि छरपस्ट भएको समेत कटाक्ष गरेका छन् । उनले वर्षाैदेखी न्याय मागिरहँदा न्यायालय भने सरकारसंगै भागबण्डामा रुमलिँदा बटुलिएको बताएका छन् ।
साथै फरक प्रसंगमा नेता ज्ञवालीले आगामी निवार्चनमा नेकपा एमालेलै सबैभन्दा ठुलो पार्टी बन्ने समेत दाबी गरेका छन् ।





