काठमाडौं ९, कार्तिक । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन तत्काल नहुने जस्तो देखिएको छ । कांग्रेसका पदाधिकारी र निर्वाचन समितिबीच आज भएको संयुक्त छलफलमा मंसिरमा गर्ने भनिएको महाधिवेशन तत्कालका लागि सम्भव नभएको निष्कर्ष निकालीएको हो ।
अब छठ अघि १३ जिल्लाको वडा अधिवेशन पनि सम्भव नरहेको छलफलमा सहभागी कांग्रेस उपसभापति विमलेन्द्र निधिले जानकारी दिएका छन् । त्यसले मंसिरमा गर्ने भनिएको महाधिवेशनको मिति सर्ने सम्भावना पनि बढी देखिएको छ ।
कांग्रेस नेता रामचन्द्र पौडेलले पनि निर्वाचनको मिति र कार्यतालिका सार्नुपर्ने भए केन्द्रीय समितिको बैठक बोलाएर सार्नुपर्ने बताएका छन् ।





