राजनीति

तरुणको कृयाशीलताले मात्रै जस्तोसुकै अधिनायकवादको अन्त्य सम्भवः अध्यक्ष बस्नेत

काठमाडौं १० कार्तिक । नेपाल तरुण दलका अध्यक्ष जित जङ्ग बस्नेतले तरुणको कृयाशीलताले मात्रै जस्तोसुकै अधिनायकवादको अन्त्य सम्भव हुने बताएका छन् ।  तरुण दलको ६८ औँ स्थापना दिवसको अवसरमा एक विज्ञप्ति जारी गर्दै अध्यक्ष बस्नेतले तरुणहरुको समर्पण सहितको कृयाशीलताले जस्तोसुकै अधिनायकवाद र सर्वसत्तावादको अन्त्य भएको विश्व ईतिहास साक्षी रहेको उल्लेख गरेका छन् ।

नेपालको लोकतन्त्र, समृद्धि र आर्थिक बिकासको आधारहरु निर्माणको लागि युवाहरुलाई महान कार्यमा संलग्न गर्ने हेतुले समकालिन नेताहरुको पनि नेता महामानव प्राप्त आदरणीय जननायक वि.पी. कोइराला ले वि.सं. २०१० साल कार्तिक १० गते आजकै दिन नेपाल तरुण दलको स्थापना गर्दै आम तरुणहरुलाई राष्ट्रिय राजनीतिको मुल प्रवाहमा सम्मिलित गरेको उनले स्मरण गरेका थिए ।

साथै अध्यक्ष बस्नेतले स्थापनाको झण्डै सात दशक लामो समय सम्म आईपुग्दा नेपाल तरुण दलको आवश्यकता र अपरिहार्यता दिनानु दिन अझ बढी महत्वपूर्ण बन्दै गएको समेत बताएका छन् । आफुहरुको पटक–पटकको अथक लामो आन्दोलनहरु र संघर्षहरुबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई संस्थागत गर्दै मुलुकलाई आर्थिक बिकास सहितको समृद्धिको नयाँ युगमा प्रवेश गराउने जिम्मेवारी तरुणहरुकै रहेको समेत बताएका छन् । उनले सामाजिक न्याय, महिला हिंसा, सबैखाले उत्पीडनमा परेको नेपाली नागरिकलाई न्याय दिलाउँन हिजोको कठिन दिनहरुमा नेपाल तरुण दलले गरेको आन्दोलनहरुलाई पनि उनले स्मण्रा गरेका छन् ।

उनले आफुहरुको धेरै मुद्धाहरु रहेको र यसको क्रमिक पुरा हुदै जाने भन्दै देश, लोकतन्त्र र नेपाली जनताको अमनचयनको लागि कुनै कसुर पनि बाँकी नराख्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । उनले अगाडी भनेका छन् नेपाली जनताको मौलिक हक अधिकारको रक्षाको लागि नेपाल तरुण दल कबच झै उभिएको छ । साथै विज्ञप्तिको अन्त्यमा अध्यक्ष बस्नेतले नेपाल तरुण दलको स्थापनाको दिनमा संसारभरको युवा तरुणहरुलाई आपसी भाईचारा, मेलमिलाप र सामाजिक सदभाव कायम राख्दै आगाडी बढ्न अनुरोध समेत गरेका छन् ।