राजनीति

प्रधानमन्त्री देउवा आक्रोसितः परमादेश जारी गर्ने सबै न्यायाधीश हटाउ भन्नु गैरजिम्मेवार

काठमाडौं १० कार्तिक । प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा एमालेका अध्यक्ष केपी शर्माको अभिव्यक्ति प्रती आक्रोसित भएका छन् । मंगलबार एक कार्यक्रममा एमाले अध्यक्ष ओलीले परमादेश जारी गर्ने सर्बाेच्चका सबै न्यायाधीशलाई हटाउनुपर्ने तर्क गरेका थिए ।

देउवाले परमादेश जारी गर्ने सबै न्यायाधीश हटाउ भन्नु ओलीको अभिव्यक्ति गैरजिम्मेवार भएको टिप्पणी गरेका छन् । नेपाल तरुण दलले आज बालुवाटारस्थीत आफ्नै सरकारी निवासमा गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले अदालतको बारेमा धेरै बोलिरहन आवस्यक नरहेको पनि बताएका छन् ।

उनले न्यायालयमा अहिले देखिरहेको समस्याका बारेमा सत्तागठबन्धनसंग सल्लाह गरेमात्रै अगाडी बढ्ने समेत बताएका छन् । साथै प्रधानमन्त्री देउवाले परमादेशबाट संसदीय व्यवस्था, संविधान र सिंगो देशलाई बचाउने काम अदालतका न्यायाधीशहरुले गरेको दाबी गर्दै त्यसको विरोध नगर्न पनि एमाले अध्यक्ष ओलीलाई सचेत गराएका छन् । साथै उनले अदालतको समस्या अदालत आफैले समाधान गर्ने समेत बताएका छन् ।