राजनीति

प्रधानमन्त्री देउवाको निर्देशनः ६ महिनाभित्र सबै नेपालीलाई खोप लगाईसक्ने गरी लाग्नुस्

काठमाडौं ११ कार्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी ६ महिनाभित्र सबै नागरिकलाई कोरोना बिरुद्धको खोप दिने गरि काम गर्न सम्पुर्ण निकायलाई निर्देशन दिएका छन् ।

कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्रको आज बसेको पहिलो बैठकमा प्रधानमन्त्री देउवाले ६ महिनाभित्रै सबै नेपालीलाई कोरोना बिरुद्धको खोप लगाईसक्ने सरकारी लक्ष्यमा केन्द्रित हुन निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री कार्यालयका सचिव महेश्वर न्यौपानेलेका अनुसार देउवाले खोप लगाउन योग्य सबै नागरिकलाई खोप दिने प्रबन्ध गर्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्री देउवाले समन्वय केन्द्र, स्वास्थ्य मन्त्रालय र सम्बन्धित सबै निकायलाई खोपको सुनिश्चितताका लागि निर्देशन दिएका हुन् ।