राजनीति

आगामी निर्वाचनमा कांग्रेस कसैसंग मिल्दैन, एक्लै चुनाब लड्छः नेतृ कोईराला

११ कार्तिक, काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं प्रभावशालि नेतृ सुजाता कोईरालाले आगामी निर्वाचनमा कांग्रेसले एक्लै लड्ने बताएकी छिन् ।

आज काठमाडौंमा पत्रकारहसंगको कुराकानिमा नेतृ कोईरालाले कांग्रेस ऐतिहासिक पार्टी भएकाले आम निर्वाचनमा कांग्रेसले कुनैपनि दलसंग गठबन्धन गर्नु नहुनेमा जोड दिएकी हुन् ।

साथै नेतृ कोईरालाले कांग्रेसको महाधिवेश समेत तोकिएकै समयमा हुने जिकिर गरेकी छिन् । उनले कांग्रेसमा देखिएको गुटबन्दी अत्य गर्दै आम निर्वाचल लक्षित हुन आवस्यक रहेको समेत बताईन ।