राजनीति

अब एमाले पनि ओलीसंगै समाप्त हुन्छः अध्यक्ष नेपाल

१२ कार्तिक, काठमाडौं । नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति कटाक्ष गरेका छन् । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले अब नेकपा एमाले पनि अध्यक्ष ओलीसंगै समाप्त भएर जाने बताएका हुन् ।

उनले एमाले पार्टी पनि ओलीसंगै सति जाने टिप्पणी गरेका हुन् । साथै अध्यक्ष नेपालले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाअभियोग लगाउने कुरा गलत प्रचार भएको समेत बताएका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै नेपालले यस विषयमा आफूहरुबीच (गठबन्धन) कुनै छलफल नभएको भन्दै केपी ओलीका कार्यकर्ताले गलत प्रचार गर्दै भ्रम छाडेको बताएका छन् ।