राजनीति

चितवन पुगेका दाहालले भनेः यहाँ ठुलो लडाँई हुँदैछ, महाभारत हुँदैछ

१२ कार्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहालले आगामी चुनावलाई लक्षित गर्दै चितवनमा ठुलो लडाँई महाभार हुन लागेको तर्क गरेका छन् ।

आज विहान चितवनको भरतपुरमा आयोजित चाडपर्वहरुको शुभकामना आदान–प्रदान तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा अध्यक्ष दाहालले आगामी चुनाव चितवनबाटै लड्ने भन्दै यस्तो बताएका हुन् ।

दाहालले चुनाव आउँछ जान्छ र यो चुनाव पनि आउछ जान्छ भन्ने सामान्य ठान्नु सहि नभएको बताएका छन् । साथै अध्यक्ष दाहालले केही मानिसले माओवादीलाई सखाप नपारेसम्म देशमा केहिपनि हुँदैन भन्न थालेको भन्दै सतर्क रहन नेता कार्यकर्तालाई अपिल गरेका छन् । अध्यक्ष दाहालले ओली प्रबृत्तिका कारण देश बनाउने सपना समेत पुरा नभएको समेत बताएका छन् ।

फरक प्रसंगमा अध्यक्ष दाहालले आउँदो चुनावमा नेकपा एमालेको पकड देखिएको ठाउँमा नेपाली कांग्रेससंग गठबन्धन हुने समेत बताएका छन् ।