राजनीति

संसदका प्रतिनिधि र राष्ट्रिय दुबै सदनको चालु अधिवेश अन्त्य

१२ कार्तिक, काठमाडौं । संसदका प्रतिनिधि र राष्ट्रिय दुबै सदनको चालु अधिवेश अन्त्य भएको छ । मन्त्रिपरिषदको कात्तिक ११ को सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ९३ को उपधारा २ बमोजिम आज राति १२ बजेदेखि संसदका दुवै सदनको अन्य भएको घोषणा गरेकी हुन् ।

संघीय संसदका महासचिव डा. भरतराज गौतमले आज एक विज्ञप्ति जारी गर्दै कात्तिक २९ गतेका लागि डाकिएको प्रतिनिधिसभाको बैठक पनि अन्त्य भएको जानकारी दिएका छन् ।

संसद बैठक सुरु भएदेखीनै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अबरोध गर्दै आईरहेको थियो ।