राजनीति

न्यायाधीश नियुक्ति गर्ने राजनैतिक परिपाटीको अन्त्य हुनुपर्छः प्रदीप पौडेल

१२ कार्तिक, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले न्यायाधीश नियुक्ति गर्ने राजनैतिक परिपाटीको अन्त्य हुनुपर्नेमा जोड दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस राख्दै नेता पौडेलले यस्तो बताएका हुन् ।

पौडेलले पछिल्लो समय न्यायपालिकामा भईहरेको खटपटीले संस्थाको गरिमालाई धुलिसात पारिदिएको समेत बताएका छन् । उनले न्यायलयलाई बिबादमा पार्ने र यसको गरिमा घटाउने काम कसैबाट हुनुनहुनेमा समेत जोड दिएका छन् ।

न्यायलयको संबेदनसिलता बुझ्न नसक्नेहरूबाट यसको सही नतृत्व हुन नसक्ने समेत उनको भनाई छ । साथै नेता पौडेलले उच्च नैतिक र सर्व स्विकार्य न्यायालय बनाउन सबैले गंभीर भएर सोच्नुपर्ने समेत बताएका छन् ।