राजनीति

धनस्याम भुसालतर्फ ओलीको आक्रामक व्यंग्यः पार्टीमा चिठीको क्षेप्यास्त्र प्रहार गर्न पर्दैन

१२ कार्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता घनस्याम भुसालतर्फ कडा व्यंग्य गरेका छन् । भुसालले लेखेको चिठीतर्फ संकेत गर्दै ओलीले पार्टीभित्र चिठीको क्षेप्यास्त्र प्रहार गर्न आवस्यक नरहेको भन्दै आक्रामक व्यंग्य गरेका हुन् ।

आज दिउँसो बसेको एमाले केन्द्रिय कमिटिको बैठकमा ओलीले भुसालले लेखेको चिठीतर्फ ईगीत गर्दै त्यस्को जवाफ दिन आवस्यक नरहेको समेत बताएका थिए ।