राजनीति

अबसर पाउँदा पनि कामै नगर्ने नेतालाई दोहर्याए पार्टीमा ठुलो क्षति हुन्छः नेता सिंह

१३ कार्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अवसर पाएर पनि काम गर्न नसक्ने नेतृत्वलाई पदमा दोहर्याउन नहुने बताएका छन् ।

नेपाली कांग्रेस सुनसरी – काठमाडौं सम्पर्क समितिले आज काठमाडौंमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा रक्तदान कार्यक्रमा बौल्दै नेता सिंहले अबसर पाउँदा पनि काम नगर्ने नेतृत्व दोहर्याए पार्टीलाई झनै क्षति हुने भन्दै यस्तो बताएका हुन् ।

उनले १३ औं महाधिवेशनपछि नेतृत्व पाएकाले जिम्मेवारी पुरा गर्न नसकेकाले पार्टीमा अहिलेको अवस्था सिर्जना भएको बताएका छन् । पटक पटक जिम्मेवारी पाउँदा पनि पाएको जिम्मेवारी पुरा गर्न नसक्ने नेतालाई पुनः जिम्मेवारी दिए पार्टीको अवस्था झनै बिग्रने उनको भनाई थियो ।

साथै नेता सिंहले अझै पनि केही जिल्लामा क्रियाशिल सदस्यता विवाद कायम रहेका बताउँदै विधी र नियमपूर्वक समाधान गर्नुपर्ने बताएका छन् । १४ औं महाधिवेशनलाई कमीकमजोरी सुधार गर्ने मौकाको रुपमा लिनुपर्ने उनको भनाई थियो । अर्को प्रसंगमा उनले न्यायालयमा देखिएको समस्या संविधानको मर्म र भावना अनुसार नै समाधान गर्नुपर्ने समेत बताएका छन् ।

नेता सिंहले केही जिल्लामा अझै क्रियाशील सदस्यता विवाद कायमै रहेको भन्दै विधि र नियमपुर्वक समाधान गर्नुपर्नेमा जोड समेत दिएका छन् । साथै उनले मुख्य चाडपर्वको मुख्यमा सरकारले ग्याँस र डिजेल लगाएतमा मुल्य बृद्धि गरेर गल्ति गरेको समेत बताएका छन् ।

युवा नेता एबम् नेपाली काँग्रेस सुनसरी काठमाडौं सम्पर्क समतिका सभापति बाबुराम आचार्यले नेपाली काँग्रेसको १४ औं महाधिवेशन तोकिएकै मितिमा हुनुपर्ने र काँग्रेसमा भएको गुटबनदी अन्त्य नभए काँग्रेस बलियो नहुने हुँदा उक्त गुटबनदी हटाउँदै काँग्रेस बलियो बनाउने अभियानमा लाग्न नेता प्रकाशमान सिंहको भूमिका महत्वपूर्ण हुने बताए ।

उनले बीर गणेशमानका छोरासमेत रहनुभएका नेता प्रकाशमान सिंह काठमाडौैंकामात्र नभएर देशकै नेता भएकोले उहाँलाई त्यहीअनुसार अगाडी बढे प्रदेश नम्बर १ का काँग्रेस नेता कार्यकर्ताले नेतृत्वका लागि खुलेर सहयोग गर्न तयर रहने बताए ।