राजनीति

न्यायालयको समस्याबारे गठबन्धनको धारणा छिट्टै सार्वजनिक गर्छाैः दाहाल

१३ कार्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले न्यायालयमा पछिल्लो समय देखिएको समस्याका बारेमा गठबन्धनले छिट्टै आफ्नो धारणा सार्वजनिक गर्ने बताएका छन् ।

प्रधानन्यायाधीश बिबादका बारेमा राजनैतिक दलहरु मौन रहेको भन्दै चौतर्फि आलोचना भईरहेका बेला अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।

दाहालले न्यायालयमा देखिएको समस्याबारे गठबन्धनका शीर्ष नेताहरु साझा धारणा बनाउने प्रक्रियामा रहेको पनि बताएका छन् ।

सर्लाहीमा आयोजित कार्यक्रममा सहभागी हुन आज जनकनुरमा पुगेका दाहालले विमानस्थलमा सञ्चारकर्मीसंग कुराकानि गर्दै गठबन्धनका नेताहरु अहिले विभिन्न स्थानमा रहेकाले बैठक बस्न ढिला भएको भन्दै छिटै बैठक बसेर गठबन्धनको धारण बाहिर ल्याउने बताएका हुन् ।

साथै अध्यक्ष दाहालले न्यायालयमा देखिएको समस्या समाधान गर्ने दृष्टिकोणले नै हल गरिने समेत बताएका छन् ।