राजनीति

कठै, माधव नेपाल एमाले विर्गान कुदिरहेका छन्ः अध्यक्ष ओली

१३ कार्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव कुमार नेपालको कटाक्ष गरेका छन् । एमाले सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चको भेलालाई सम्बोधन गर्दै ओलीले माधव नेपाल एमालेलाई बिर्गान कुदिरहेको बताएका छन् । राणा शासनले समते मास्न नसकेको एमाले पार्टीलाई कसैलेपनि मास्न नसक्ने ओलीले बताएका छन् ।

नेपाल कहिले पोखरा, कहिले धरान, कहिले धनकुटा, कहिले बाग्लुङ कुदिरहेको देख्दा मायाँलाग्ने व्यंग्य गर्दै ओलीले नेपाल देश बनाउन नभई एमाले बिगार्न कुदेको टिप्पणी गरेका हुन् ।

ओलीले आँफुहरु देश बनाउने अभियानमा रहेको तर माधन नेपाल धनि बन्नलाई एमालेबाट गएको समेत बताएका छन् । साथै ओलीले एमालेको विरोध गर्नेहरु राष्ट्रियता र देश विरोधीहरु भएको समेत बतएका छन् ।

यस्तै अध्यक्ष ओलीले आँफुले चुच्चे नक्सा जारी गर्दा भारतसंग सम्बन्ध बिगार्याे भनेर आरोप लगाउनेहरु लेण्डुप दोर्जे मानसिकता  भएको समेत टिप्पणी गरेका छन् ।