राजनीति

सत्ताले मातेका ओली अहिले भुईंमा छन्ः अध्यक्ष नेपाल

१३ कार्तिक, काठमाडौं । नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सत्ताले मातेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भुईँमा झरेको टिप्पणी गरेका छन् ।

विराटनगरमा आज आयोजित शुभकामना आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले दुई तिहाईको सत्ताले मातेका ओलीलाई भुईमा आफुहरुले नै ल्याएको समेत बताएका छन् ।

साथै अध्यक्ष नेपालले आगामी निर्वाचनपछि एमाले सकिने भन्दै निर्वाचनमा ओलीको एमाले पार्टीलाई टर्च बालेर खोज्नुपर्ने दिन आउने समेत टिप्पणी गरेका छन् । एमाले फुटेर दुई पार्टी भएपनि एमाले अध्यक्ष ओली र नेकपा एसका अध्यक्ष नेपालले एकअर्काको चर्काे आलोचना जारी राखेका छन् ।

साथै नेपालले सुदुरपस्चिममा नेकपा एकिकृत पार्टी शक्तिसाली भएको र नेकपा एमाले नराम्रोसंग भुईंमा पछारिएको समेत बताएका छन् ।