राजनीति

उपेन्द्र-महिन्द्रजी मलाई राम्रै चिन्नु हुन्छ, नडराइकन पार्टी एउटै बनाऔंः दाहाल

१३ कार्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताका लागी जनता समाजवादी पार्टीलाई अपील गरेका छन् । सर्लाहिमा आज आयोजित शिक्षक संगठनको एकता कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले पार्टी एकता गर्न कत्तिपनि ढिला गर्न नहुनेमा जोड दिएका छन् ।

जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव र महेन्द्र राय यादवले आँफु र आफ्नो पार्टी माओवादीलाई राम्रोसंग चिनेको भन्दै नडराई पार्टी एकताकालागी आउन आग्रह गरेका हुन् ।

आाफुहरुसंग पार्टी एकता गरे जसपाको सम्मान र अधिकार प्रदान गर्न कुनै कन्जुस्याईँ नगर्ने समेत अध्यक्ष दाहालले प्रतिवद्धता जाहेर गरेका छन् । साथै अध्यक्ष दाहालले जनकपुरमै पार्टी एकता घोषणासभा राख्न समेत आग्रह गरेका छन् ।

फरक प्रसंगमा दाहालले माओवादीसंग निहु खोज्दा प्रधानमन्त्री केपी शर्माओली बालुवाटारबाट बालकोट पुगेको स्मरण गराउँदै कसैलेपनि माओवादीसंग निहु नखोज्न चेतावनी दिएका छन् ।