राजनीति

माधव नेपाल भन्छन्ः ओ हो ओलीको पालामा त झनै भ्रष्टाचारले सिमै नाघेछ

१४ कार्तिक, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देशमा भ्रष्टाचार बढेको बताएका छन् ।

पार्टीनिकट नेपाल समाजवादी इन्जिनियरिङ एशोसिएसनको भेलालाई आज सम्बोधन गर्दै नेपालले देशमा अहिले सर्वत्र भ्रष्टाचार व्याप्त रहेको बताएका हुन् । तर पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पालामा झनै भ्रष्टाचारले सीमा नै नाघेको उनको दाबी छ ।

पछिल्लो पटक बालुवाटारमा समेत हेलिप्याड बनाइएको भन्दै उनले विरोध समेत जनाएका छन् । अरु देशले एउटा विमानस्थल एकाध वर्षमा बनाइसक्ने तर नेपालमा एउटा बाटो बनाउन पनि १० वर्ष लाग्ने गरेको नेपालको गुनासो छ ।