राजनीति

पार्टी सभापति टिका लगाएर दिने कुरा होईनः वरिष्ठ नेता पौडेल

१५ कार्तिक, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति पद टिका लगाएर दिने कुरा नभएको बताएका छन् ।

प्रेस यूनियन धनुषाले आज बिहान जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले जुनकोहि व्यक्ति सभापति बनेपनि यस्को जिम्मा कार्यकर्तालाई दिनुपर्ने बताएका हुन् ।

पार्टी सभापति भागबण्डामा बनाउनु भन्दापनि कसरी पार्टीको हित हुन्छ भन्ने सोचेर यस्को निर्णय कार्यकर्तालाई दिनुपर्ने उनको जोड छ ।

साथै अवसर पाउनेगरि कांग्रेसले विधान बनाएको दाबी गर्दै यस्तो विधान आजसम्म कसैलेपनि नबनाएको पौडेलले बताएका छन् । पार्टी नै अस्थ-व्यस्थ रहेका कारण व्यवस्थीत गर्न आँफुले लडाई लडीरहेको समेत उनले बताए ।

साथै वरिष्ठ नेता पौडेलले पार्टीलाई व्यवस्थीत बनाउनका लागी पुस्तान्तरण भन्दापनि रुपान्तरणको आवस्यकता औंल्याएका छन् ।