राजनीति

विराटनगर पुगेर गिरिजाबाबु पुत्री सुजाताले भनिन्ः म पनि सभापतिको बलियो उम्मेदवार हुँ

१५ कार्तिक, विराटनगर । नेपाली कांग्रेसकी वरिष्ठ केन्द्रीय सदस्य सुजाता कोईरालाले आफुपनि सभापतिको बलियो उम्मेदवार भएको बताएकी छिन् । आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा नेतृ कोईलालो पार्टीको आगामी १४ औं महाधिवेशनमा आफुले सभापतिमा उम्मेदवारी दिने घोषणा गरेकी हुन् ।

गिरिजाप्रसाद कोईरालाले महत्वपुर्ण विषय गृहजिल्ला मोरङमा आएर बोल्ने गरेको स्मरण गर्दै आफुलेपनि गृहजिल्ला मोरङमा आएर उम्मेदवारी घोषणा गरेको बताएकी हुन् । नेतृ कोईरालाई कांग्रेसको तत्कालिन पार्टी सभापति तथा शक्तिशाली प्रधानमन्त्री स्व.गिरिजाप्रसाद कोईरालाकी पुत्री हुन् ।

पार्टीको १४ औं महाधिवेशनमा धेरै उम्मेदवार हुने भन्दै महिलापनि उम्मेदवार हुनुपर्ने मान्यता अनुसार आफुले उम्मेदवार घोषणा गरेको नेतृ कोईरालाले बताईन । नेतृ कोइरालाले कांग्रेस इतर समूहमा सबै मिलेर एउटा मात्रै उम्मेदवार बनाउने अवस्था नआएकोले आफूले पनि सभापतिमा उम्मेदवारी घोषणा गरेको पनि बताईन ।

साथै फरक प्रसंगमा कोईरालाले सर्बाेच्चमा देखिएको समस्या प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र वर्तमान सरकार मिलेर समाधान गर्नुपर्नेमा समेत जोड दिएकी छिन् ।