राजनीति

गाणतन्त्र उल्ट्याउन ओलीले षड्यन्त्र बुन्दैछन्ः अधयक्ष दाहाल

१५ कार्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गणतन्त्र उल्ट्याउन सड्यन्त्र बुनिरहेको आरोप लगाएका छन् ।

एक आर्काबिच आरोप-प्रत्यारोपमा उत्रिएका ओली र दाहालले एक अर्काको आलोचना गर्न कुनै कसर नछाडिरहेको अवस्थामा अध्यक्ष दाहालले फेरी यस्तो आरोप लगाएका छन् ।

आज र्किर्तिपुरमा आजोजित चियापान कार्यक्रममा दाहालले गणतन्त्र उल्ट्याउन ओलीले पुर्वराजा ज्ञानेन्द्रका केहि मानिससंग भेटेर आाफुलाई गणतन्त्र कहिलै मन नपरेको र मौका मिल्नासाथ उल्ट्याईदिने बताएको आरोप समेत लगाएका छन् ।

माओवादी केही शिथिल र काममा व्यवस्त हुँदा प्रतिगमनकारी गणतन्त्र उल्ट्याउ लागिपरेको आरोप समेत अध्यक्ष दाहालले लगाएका छन् ।