राजनीति

आगामी चुनावमा पुरै गठबन्धन आएपनि एमालेले जित्छः ईश्वर पोख्रेल

१५ कार्तिक, काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोख्रेलले एमालेलाई आगामी चुनावमा कसैलेपनि हराउन नसक्ने दाबी गरेका छन् ।

आज एमाले काठमाडौं क्षत्रनम्बर ५ ले आयोजना गरेको कार्यक्रममा नेता पोख्रेलले अहिले बनेको पुरै गठबन्धन आएपनि एमालेले नै जित्ने ठोकुवा गरेका हुन् ।

साथै उनले चुनावमा एक्ला–एक्लै लड्नकालागि समेत चुनौति दिएका छन् । साथै फरक प्रसंगमा नेता पोख्रेलले वर्तमान सरकार विदेशीको ईसारामा चलेको समेत आरोप लगाएका छन् ।