१६ कार्तिक, काठमाडौं । नेकपा एकिृकत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई व्यग्यात्मक शैलिमा जवाफ दिएका छन् ।
आफुले चाहेमा सात दिनभित्रै गठबन्धन सरकार ढाल्न सक्ने ओलीको अविव्यक्ति प्रति व्यंग्य गर्दै अध्यक्ष नेपालले ओलीले त क्षेप्यास्त्र हानेर सरकार ढाल्न सक्छन् भनेका छन् ।
ओलीले हरेक ठाउँमा तमासा देखाएको भन्दै ओली प्रवृत्तिबाट आफु मुक्त भएको नेपालको भनाई छ । साथै केपी शर्मा ओली देशकालागि अभिसाप भएको समेत नेपालले बताएका छन् । साथै नेपालले अहिलेको पाँच दलिए गठबन्धनले आगामी निर्वाचनमा तालमेल गरेर अघि बढ्ने पनि दाबी गरेका छन् ।
न्यायालयका सम्बन्धमा पनि बोलेका नेपालले प्रधानमन्त्री शेरबहादुर देउवा मुलुक बाहीर रहेकाले गठबन्धनमा छलफल हुन नसकेको भन्दै प्रधानमन्त्री स्वदेश आउनासाथ प्रधानन्यायाधीश विवादमा पाँच दलका शिर्षनेताहरु बसेर निचोड निकाल्ने बताएक छन् ।





