१७ कार्तिक, काठमाडौं । नेपाली कांग्रेस सुनसरी सचिव केदार भण्डारीले कार्यकर्ताको काम गर्ने नेतालाई विजय गराउनु कार्यकर्ताको धर्म भएको बताएका छन् ।
भरौलिको राजधानी चोकमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता भण्डारीले योग्य, सक्षम नेतृत्व चयन गर्नुपर्नेमा जोड दिएका हुन् ।
१४ औं महाधिवेशनमा जिल्ला सभापतिको आकांक्षी समेत रहेका भण्डारीले नक्कली कांग्रेसदेखी सावधान हुन समेत पार्टीका सम्पुर्ण नेता कार्यकर्ताहरुलाई सुझाव दिएका छन् ।
नेता भण्डारीले सक्कली कांग्रेस ईमान्दार, निष्ठानाव, आदर्श हुने तर नक्कली कांग्रेस पदको लोभिपापी हुने भन्दै सजक भएर नेतृत्व चयन गर्नुपर्नेमा समेत जोड दिएका छन् । साथै अधिवेशनमा चोरबाटो हुँदै फुत्त आउनेलाई सबैले बिस्तापित गर्नूपर्ने नेता भण्डारीको भनाई छ ।





