१७ कात्तिक, काठमाडौं । नेपाली काँग्रेसका पुर्व महामन्त्री एबम् प्रभावशाली केन्द्रीय सदस्य प्रकाशमान सिंहले आफू जनताको घरमा परेको हरेक समस्यासँग संगै हिँडेर समाधान गर्न तयार रहेर अगाडी बढ्ने विचारमा अगाडी हिह्डिरहेको बताएका छन् ।
आज काठमाडौं क्षेत्र नम्बर एकको कृष्णभोग पार्टी प्यालेशमा आयोजीत दशैं, तिहार, छठ तथा नेपाल सम्बत्को अवशरमा आयोजीत शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रममा बोल्दै नेता सिंहले पार्टीको केन्द्र सभापतिका रुपमा आउँदो १४ औं महाधिवेशनमा लड्न लागेको हुँदा त्यसका लागि काठमाडौं बाहिर पनि जानुपर्ने भएकोले काठमाडौंमामात्र भन्दा पनि बाहिर समय दिनुपर्नाका कारण बुझेर कार्यक्रमहरु राख्दा सोधेरमात्र राख्न उपत्यकाका कार्यकर्तालाई आग्रह गरेका छन् ।
नेता सिंहले आफ्नो क्षेत्रमा कसैलाई समस्या पर्दा आफू प्रतिनिधि सभा साँसदको हैशियतले सधैं लागिरहेको र लागिरहने दृढता ब्यक्त गर्दै प्रदेश र वडामार्फत बिकासका सबै काम हुने हुँदा त्यतातिर अलि बढी ध्यान दिन अनुरोध गरेका छन् ।
स्थानीय नेता कार्यकर्ताको भीडमा कार्यक्रमका प्रमुख अतिथी रहेका नेता सिंहले आफू बिपी कोईराला, गणेशमान सिंह, कृष्ण प्रशाद भट्टराई, शुसील कोईरालालाई आदर्श ब्यक्त मानेर हिँड्ने ब्यक्त भएकोले आफ्नो पबित्र उद्येश्य भनेको इमान्दारसाथ देश र जनताको सेवजा गर्नु भएको बताएका छन् । उनले आफूसँग कुनैपनि घमण्ड नभएको भन्दै लोकतन्त्र स्थापीत गर्दै देश र जनता धनी बनाउने बाटोमा हिँड्न र इमान्दार कार्यकर्ताहरुको मुल्याँकन गर्न आफू नेतृत्वमा आउन लागि परेको बताए ।

उनले अहिलेकै नेतृतव रहिरहे काँग्रेसमा सुधार आउन नसक्ने बताउँदै अब कुनैपनि हालतमा पार्टीके नेतृतव परिवर्तन हुनुपर्ने बेला आएको बताए । कार्यक्रममा प्रदेश साँसद दीपेन्द्र श्रेष्ठ, क्षेत्रीय सभापति प्रकाश बिक्रम राणा, वडा नम्बर १० का वडाध्यक्ष रामकुमार केसी, नेपाली काँग्रेस सुनसरी काठमाडौं समपर्क सििमतिका सभापति बाबुराम आचार्यलगायत ब्यक्तीत्वहरुको उपस्थिति थियो । कार्यक्रमको संयोजक संज्ञय प्रधानले गरेका थिए ।





