राजनीति

माधवको नेपालको पार्टी अबैध हो, १० औंं महाधिवेशनमा बोलाउँदैनौंः एमाले

१७ कार्तिक, काठमाडौं । माधव नेपालको एकिकृत समाजवादीलाई अबैध भन्दै नेकपा एमालेले  १० औं   महाधिवेशनमा नबोलाउने निर्णय गरेको छ ।

चितवनको भरतपुरमा गर्न लागेको १० औं राष्ट्रिय महाधिवेशनका लागी मुलुकभरका सम्पुर्ण राजनीतिक दललाई निम्तो दिएको एमालेले आफुबाट अलग्गीएर गएको नेपालको पार्टीलाई भने निम्ता नगर्ने भएको हो ।

एमाले प्रचार विभागले आज काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख योगेश भट्टराईले समाजवादीको पहिचान नभएको र पत्राचार गर्ने ठाउँ पनि नभएको भन्दै राजनीतिक दलहरुको अवैध सम्बन्धमा बनेका समूहलाई एमाले महाधिवेशनमा नबोलाउने जानकारी दिएका हुन् ।

भट्टराईले अध्यादेश माफर्त जन्माएको पार्टीलाई मान्यता दिन नसकिने भन्दै नेकपा एकिकृत समाजवादीलाई नबोलाउने बताएका हुन् ।