१८ कार्तिक, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पाँच दलीय गठबन्धनका बिषयमा कुनै संका-उपसंका नगर्न आग्रह गरेका छन् ।
जलवायु परिवर्तनसम्बन्धी अन्तराष्ट्रिय सम्मेलन (कोप २६) मा भाग लिएर स्वदेश फर्कने क्रममा आज बिहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसंग कुराकानी गर्दै प्रधानमन्त्री देउवाले गबन्धन आगामी चुनाव सम्मै कायम रहने भन्दै ठुक्क रहन आग्रह गरेका हुन् ।
साथै प्रधानमन्त्री देउवाले न्यायालयमा भईरहेको विवादबारे भने मुख खोलेनन् । देउवाले ब्रिटिस सेनामा गोर्खाहरुको समस्या समाधानका लागी बेलायत सरकार सकारात्मक रहेको समेत प्रधानमन्त्री देउवाले जानकारी दिएका छन् ।





