राजनीति

हेक्का रहोस् हामीसंग टक्कर लिँदा कर्णालीमा एमाले उठ्नै नसक्ने हालतमा पुग्योः अध्यक्ष नेपाल

१८ कार्तिक, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफुहरुसंग जोडी नखोज्न चेतावनी दिएका छन् ।

भक्तपुरमा आज बिहान आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले आफुहरुसंग टक्कर लिन खोज्दा कर्णालीमा एमाले उठ्नै नसक्ने हालतमा पुगेको भन्दै आफुसंग टक्कर खोज्नेहरु सकिने चेतावनी दिएका छन् ।

विभिन्न प्रदेशमा एकीकृत समाजवादीको नेतृत्वमा सरकार बनेको भन्दै उनले यस्तो बताएका हुन् । साथै अध्यक्ष नेपालले संघिय संसदको चुनाव समयमा हुने भन्दै पाँच दलिए गठबन्धन ढलाउन जति जाल बुनेपनि गठबन्धनलाई कसैले भत्काउन नसक्ने ठोकुवा समेत गरेका छन् ।

साथै एक नम्बर प्रदेश र बागमती प्रदेशमा एकीकृत समाजवादी पार्टीको मुख्यमन्त्री बनेको बताउँदै उनले आफुहरुसंग टक्कर लिने जसले सोच्छ त्यो तराईतिर भनिएजस्तै जो हमसे टकराएगा चुरचुर होजाएगा, भन्दै चेतावनी दिएका छन् ।