राजनीति

प्रतिगामीहरु जसरी हुन्छ मलाई सिध्याउन लागेका छन्ः अध्यक्ष दाहाल

१८ कार्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अहिले प्रतिक्रान्तिकारी प्रतिगामीहरु जसरी हुन्छ आफुलाई सिध्याउने भनेर लागेको बताएका छन् ।

नेवा राष्ट्रिय मुक्ति मोर्चाले आज नेपाल सम्वतको अवसरमा आयोजना गरेको कार्यक्रममा ओलीको नामै नलिई अध्यक्ष दाहालले उनिहरुको तार्गेट माओवादी नभई प्रचण्डलाई सिध्याउने रहेको छ भने ।

साथै उनले अहिले प्रतिक्रान्तिकारीहरु आफुलाई हराउन भनेर लागेको देख्दा अचम्म लाग्ने भन्दै हार-जितको मतलब नगरि लास्टमम लड्ने बताएका छन् ।

साथै अध्यक्ष दाहालले जनताका अगाडी त्यस्ता प्रतिगामीहरु परास्त भएर जाने समेत ठोकुवा गरेका छन् । दुईपटक प्रतिनिधिसभा विघटन भएर पुनः स्थापीत हुनुले त्यस्को पुष्टि गर्ने अध्यक्ष दाहालको भनाई रहेको छ ।